समाचार

दमौली आगलागीमा सिम्रिकको हेलिकोप्टरले थाल्यो आगो निभाउने प्रयास

सुनकोशीन्यूज
२०७८ गते आइतबार

काठमाडौ । दमौली बजारको हार्डवेयर पसलमा भीषण आगलागी भएको छ । आइतबार बिहान दमौली बजारस्थित भोलेटार चोकको एउटा पसलमा भीषण आगलागी भएको छ। ब्यास नगरपालिका ४ स्थित भोलेटार चोकमा रहेको भूपाल हार्डवयर पसलमा बिहान १० बजेतिर लागेको आगो अझैं नियन्त्रणमा आउन सकेको छैन। आगो नियन्त्रणको प्रयास भइरहेको छ।

सिम्रिक एयरको हेलिकोप्टरले स्थानीय मादी नदीबाट पानी निकालेर दमौलीमा लागेको आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। केहीबेर अघि फायर फाइटिङसहितको टोली लिएर सिम्रिक एयरको हेलिकोप्टर दमौली पुगेको हो।

 

 

प्रकाशित मिति: आइतवार, फाल्गुन २२, २०७८