समाचार हेडलाईन न्युज

माओवादी केन्द्र बागमतीकाे बैठक पुस ५ गते बत्तीसपुतलीमा बस्ने

सुनकाेशी न्युज
२०७८ पुस ३ गते शनिबार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीको पहिलो पूर्ण बैठक पुस ५ गते ११ बजे बस्ने भएको छ। बैठक बत्तीस पुतलिस्थित अनुपम पार्टी प्यालेसमा हुने प्रदेश कार्यालय सचिव ईश्वर सापकोटाले जानकारी दिनुभयो ।
गत मंसिर २५ र २६ गते काठमाडौंमा पहिलो प्रदेश सम्मेलन गरेको माओवादी केन्द्रले २७५ जना सदस्य मात्रै चुनेको छ भने अध्यक्ष लगायत नाैं सदस्यीय पदाधिकारी चयन गर्न सकेको छैन । आवश्यक गृहकार्यपछि पदाधिकारी समेत टुंग्याएर बैठक बस्ने कसरतमा नताहरू लागेका छन् ।
पार्टीका सबै तहका कार्यकारी समिति चयनमा पूर्ण जनवाद अथवा प्रजातान्त्रिक प्रक्रिया अवलम्बन गरिने माओवादी केन्द्रले बताए पनि सकेसम्म सबै कमिटी चयनमा सर्वसम्मत गर्ने प्रयास गरेको छ। प्रदेशको पदाधिकारी केन्द्रीय सदस्य हुन नपाउने नयाँ विधान बनेपछि प्रदेशका पदाधिकारी चयनमा प्रदेश सदस्यहरू बीचमै प्रतिस्पर्धा गराउनुपर्ने छ। तर काे पक्षका मानिसलाई नेतृत्वमा सेट गर्ने र सर्वसम्मत बनाउने भन्ने गृहकार्यमा नेताहरू लागेकाले निर्णयमा पुग्न ढिलो भएको एक प्रदेश सदस्यले बताए ।
यसरी सहमतिको नाममा सेटिङ मिलाएर ल्याइएको टिमलाई नमान्ने र पदाधिकारीको लागि सदस्यहरू बीच चुनाव गर्नुपर्ने भन्ने अडान लिएर बसेकाहरूकाे अडान रहेको पनि एक प्रदेश सदस्यले बताए ।
तर यश मामिलामा खुमलटारकाे कुनै हस्तक्षेप नरहेको अध्यक्ष प्रचण्डको सचिवालयले स्पष्ट पारेको छ।
अब पुस ५ गते बस्ने बैठकले पदाधिकारी लगायत कमिटिलाई पूर्णता दिने देखिन्छ ।

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८