समाचार स्थानीय हेडलाईन न्युज

बुढानिलकण्ठ माओवादीकाे अध्यक्षमा भाइनारायण श्रेष्ठ

सुनकोसी न्युज
२०७८ मंसिर १३ गते
बुढानिलकण्ठ । नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ नगर अधिवेशनले चुनिखेलका नेवार स्थानीय बासिन्दा भाइनारायण श्रेष्ठको अध्यक्षतामा ६५ सदस्यीय नयाँ नगर पार्टी कार्यसमिति चयन गरेको छ।
मंसिर ११ गते शनिबार बुढानिलकण्ठकाे चुनिखेलकाे शार पार्टी प्यालेसमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा शिव बजागाइ, कमला गाैतम र सुवास राइलाई चयन गरेको छ। त्यसैगरी सचिवमा स्थानीय नेवार टीका नगरकाेटीलाई चुनेको छ भने सहसचिवमा दलित समुदायका महेन्द्र सुनार र काेषाध्यक्षमा हेम कुमारी दुलाल निर्वाचित भएका निवर्तमान अध्यक्ष रविन अधिकारीले जानकारी दिनुभयो ।
काठमाडौंमा बाहिरबाट आएका मानिसले मात्रै नेतृत्व लिने गरेको तर स्थानीय नेवारलाई नेतृत्वमा ल्याउन उदासीनता देखाएको आराेप खेप्दै आएको माओवादीले यसपटक बुढानिलकण्ठमा अध्यक्ष र सचिव जस्ता दुबै महत्त्वपूर्ण पदमा स्थानीय युवालाई चयन गरेको छ। उनीहरू भन्दा सिनियर नेता धेरै हुदाहुदै पनि उनीहरूलाई नेतृत्व दिएर उनीहरूको कार्यकर्ता भएर काम गर्न तयार भएर सिनियरहरुले पनि परिपक्वता देखाएको पुराना कम्युनिस्ट नेता माधव आचार्यले जानकारी दिनुभयो । स्थानीय युवालाई नेतृत्वमा ल्याएर माओवादीले आगामी चुनावमा अन्य दललाई अफ्ठेराेमा पारेको एक एमाले नेताले बताए ।

प्रकाशित मिति: सोमवार, मंसिर १३, २०७८