समाचार साहित्य हेडलाईन न्युज

जनसांस्कृतिक महासंघको अध्यक्षमा पाेखरेल

सुनकोसी न्युज
२०७८ पुस ३ गते शनिबार
काठमाडौं । जनसांस्कृतिक महासंघको सातौं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । पुस १ गते राष्ट्रिय नाचघरमा सुरु भएको राष्ट्रिय सम्मेलन मातृकाप्रसाद पाेखरेलकाे नेतृत्वमा ९५ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ। सम्मेलनले अध्यक्ष समेत १३ सदस्यीय पदाधिकारी पनि चयन गरेको छ।
सम्मेलनमा नयाँ नेतृत्व छान्ने काम साच्चै पेचिलाे र गार्‍हो काम भएको र त्यो सबैको सहयोगमा सफल भएको बताउदै संगठनका निवर्तमान अध्यक्ष सरल सहयात्रीले सामाजिक संजालमा लेखेका छन् – “स्वभविक रुपमा संगठनात्मक सन्दर्भ हरेक सम्मेलनहरुमा जटिल र गंभिर विषय वन्न जान्छ । यद्यपी साहित्यकार कमरेड मातृका पोखरेलको अध्यक्षतामा १३ सदस्सिय पदाधिकारी एवं ९५ सदस्सिय केन्द्रीय समितिको चयन गर्न भुमिका खेल्नुहुने एवं त्याग गर्नु हुने कमरेडहरुलाई हार्दिक धन्यवाद दिंदै मनदेखी बधाई ज्ञापन गर्दछु । मेरो कार्यकालमा कमरेडहरुसंग तितामिठा धेरै पलहरु गुज्रिएका छन् । राम्रा पक्षको ग्रहण गर्न र नराम्रा पक्ष जुनसुकै माध्ययमबाट मलाईनै फर्काईदिन बिनम्र र हार्दिक अनुरोध गर्दछु । यस नयाँ कार्यसमितिले सम्मेलनले अंगिकार गरेको तत्कालिन तथा दिर्घकालिन कार्यक्रमलाई दृढतापूर्वक पक्डदै जनसांस्कृतिक अभियानलाई भुईसम्म पुर्याउनुहुनेछ भन्ने बिश्वासका साथ हार्दिक शुभकामना व्यक्त गर्दछु”

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८