समाचार हेडलाईन न्युज

माओवादीका बागमती प्रदेश पदाधिकारीहरू प्रत्यक्षबाटै निर्वाचित

सुनकोसी न्युज
२०७८ पुस ६ गते मंगलबार
काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटिकाे प्रथम बैठक सम्पन्न भएको छ। बैठकले सरल सहयात्री पाैडेलकाे नेतृत्वमा २७५ सदस्यीय नयाँ प्रदेश कार्य समिति चयन गरेको छ।
बत्तीसपुतलीकाे अनुपम पार्टी प्यालेसमा सम्पन्न भएको बैठकले नाै सदस्यीय पदाधिकारी चयनकाे लागि सदस्यहरू बीच चुनाव गरेको छ। माओवादीले कमिटी निर्माणका लागि माथिल्लो कमिटिमा चुनाव गरेको यो पहिलो अभ्यास हाे। चुनाबबाट अध्यक्षमा सरल सहयात्री पाैडेललाई निर्वाचित गरेको छ।
त्यसैगरी उपाध्यक्षमा रुपा महर्जन, प्रेमबहादुर पुलामी र राम प्रशाद ढुङ्गाना, सचिव – इन्द्रबहादुर थिङ, सह सचिव- दल बहादुर बुर्लाकोटी, सह सचिव- माधव प्रशाद लामिछाने, सह सचिव-प्रकाश श्रेष्ठ र कोषाध्यक्षमा संगिता भट्टराई  निर्वाचित भएका छन् ।
केन्द्रीय राजधानी रहेको असाध्यै महत्त्वपूर्ण प्रदेशमा आलाेकाचाे टिम निर्वाचित भएकोमा यसले पार्टीलाई परिस्थितिको माग अनुसार चलाउन सक्नेमा संदेह गरिए पनि नयाँ पिडिबाट नेतृत्वमा आउनुलाई सकारात्मक कदमकाे रुपमम लिइएको बैठकमा सहभागी एक सदस्यले बताए।
यसअघि उक्त कमिटिमा अध्यक्ष नारायण दाहाल र सचिव अञ्जना बिशुङ्खे मात्रै पदाधिकारी थिए ।
अब यो निर्वाचित कमिटिले २७५ काे १०/% सदस्य मनाेनयन गरेर कमिटिलाई पूर्णता दिनेछ ।
यही पुस ११/१२/१३ गते माओवादीले राष्ट्रिय महाधिवेशन गर्दैछ ।

प्रकाशित मिति: मङ्लबार, पुस ६, २०७८