समाचार हेडलाईन न्युज

माओवादी केन्द्रको वडा भेला र सदस्यता नविकरणकाे मिति सारियाे

सुनकाेशी न्युज
२०७८ असाेज ११ गते साेमबार।
काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले पार्टीको महाधिवेशन केन्द्रित केही क्रियाकलापको समयतालिका हेरफेर गर्ने निर्णय गरेको छ ।

बैठकपछि स्थायी समिति सदस्य देव गुरुङले महाधिवेसनसम्वन्धी केही कार्यक्रमको मिति हेरफेर भएको जानकारी दिए ।

बैठकले सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने निर्णय गरेको छ । यसअघि भदाै मसान्तसम्म गर्ने भनिएको नबिकरण अहिलेसम्म हुन नसकेपछि स्थायी समिति बैठकले समय थपेको हाे।

यसअघि स्थानीय स्तरमा हुने वडा भेला असाेज २० गते देशैभरि एकैपटक गर्ने भनिएकोमा बैठक कार्तिक १३ गते गर्ने निर्णय गरेको छ। त्यसैगरी कार्तिक ६ गते गर्ने भनिएको पालिका कमिटि सम्मेलन  मंसिर ४ गते  गर्ने निर्णय गरेको छ ।

<span;>स्थानीय स्तरको भेलाको समय सारे पनि प्रदेश सम्मेलन र राष्ट्रिय सम्मेलनको समय सारिएको छैन । माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: सोमवार, अशोज ११, २०७८