अर्थ/विजनेस समाचार हेडलाईन न्युज

प्रतिस्थापन बजेटमा रहेका केही मुख्य मुख्य बुंदाहरू

सुनकाेशी न्युज, २०७८ भाद्र २५ गते शुक्रबार, काठमाडौं ।  अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरद्वारा सम्वोधित प्रतिष्थापन वजेटका मूख्य योजना यश प्रकार रहेका छन् :
1. चालु खर्चतर्फ बैठक भत्ता, ईन्धन, मर्मत, गोष्ठी कार्यक्रम खर्च कटौती गरी न्युनतम रू. ५ अर्ब बरावरको कोरोना खोप खरिद
2. मृगौला प्रत्यारोपण गरेका, सबै क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार खर्च वापत मासिक रू. ५ हजारका दरले भत्ता
3. राजनीतिक परिवर्तनको आन्दोलनमा वलिदान गर्ने परिवारको लागि जीवनवृत्ति वापत मासिक रू. 3 हजार
4. कोरोना प्रभावबाट रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रमा रहेका अति विपन्न गरिब ५ लाख परिवारलाई राहत स्वरुप एक पटकका लागि प्रति घर परिवार रू. १० हजारका दरले अनुदान
5. किसानको कृषि बाली तथा पशु बीमा प्रिमियम अनुदानमा साविकको ५० प्रतिशतबाट वृद्धि गरी ८० प्रतिशत
6. सहकारी संस्थाहरूले आफ्नो कुल ऋण लगानीको ५० प्रतिशत हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने
7. बेरोजगार युवाहरूको विस्तृत लगत अध्यावधिक गरी एकीकृत अभिलेख तयार गरिने
8. सार्वजनिक निर्माण क्षेत्रको रू.10 करोडसम्मको लागत आयोजनामा श्रम समुह, श्रम सहकारीहरुले आपसी प्रतिस्पर्धामार्फत सहभागी हुन पाउने
9. प्रत्येक पालिकामा कम्तीमा ५०० बेरोजगार युवालाई बाणिज्य बैंक मार्फत सहुलियत कर्जा (ब्याज अनुदान) कार्यक्रम
10. आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्व तयारी नभएका 1400 टुक्रे सडक आयोजना औचित्यताको आधारमा खारेज वा स्थानीय तहमा हस्तान्तरण
11. प्रत्येक प्रदेशमा कम्तिमा एउटा शैक्षिक उष्कृटता केन्द्र स्थापना गरिनेछ।
12. प्राविधिक विधामा अध्ययन गर्ने कक्षा 12 सम्मको विद्यार्थीलाई “पढ्दै कमाउँदै कार्यक्रम” सबै प्रदेशका शुरुवात
13. शिक्षकहरूको स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल निर्माण
14. प्रत्येक वडामा “महिला पहिला कार्यक्रम” सञ्चालन
15. सबै प्रदेशमा व्यवस्थित आवास योजना विस्तार
16. सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड लागू
17. आन्तरिक ऋण तथा वैदेशिक ऋणको अंश करिव रू. 37 अर्ब घटाइएको
18. अनलाईन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराइएको

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८