Uncategorized समाचार हेडलाईन न्युज

MCC ले पठायो जवाफ, ‘संसाेधन गर्न मिल्दैन’ (पूरा जवाफ सहित)

Nepal's Minister of Finance Gyanendra Bahadur Karki, seated left, and acting CEO of Millennium Challenge Corporation Jonathan Nash, seated right, sign the Nepal Compact, as Joint Secretary at the Nepal Ministry of Finance Baikuntha Aryal, standing left, and U.S. Deputy Secretary of State John J. Sullivan, standing right, look on Thursday, Sept. 14, 2017 in Washington. The five-year, $500 million compact will help strengthen Nepal's energy sector, improve regional energy connectivity and control transportation costs to encourage growth, private investment and job creation. (Photo by Steve Ruark for MCC)

सुनकोशी न्युज, २०७८ भाद्र २३ गते बुधबार । काठमाडौं । नेपाल सरकारले  MCC लाई साेधेकाे ११ बुंदे प्रश्नको जवाफ पठाएको छ। आज जवाफ प्राप्त भएको अर्थमन्त्रालय स्रोतले जनायाे। नेपाल सरकारले भदौ १८ गते एमसीसी सम्झौताका विषयलाई सूचीकरण गरेर वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयलाई पत्राचार गरेको थियो । उक्त पत्रको जवाफ बुधबार नेपाल सरकारलाई पठाएको अमेरिकी राजदूतावास स्रोतले जनाएको छ । एमसीसीको मुख्यालयले नेपालस्थित अमेरिकी राजदूतावासमार्फत जवाफ पठाएको हो । अमेरिकी योजना एमसिसिले नेपालमा विद्युयु प्रसारण लाईन निर्माण र सडक मर्मतका लागि भनेर पाचसय मिलियन डलर अनुदान दिने घाेषणा गरेको छ। उक्त योजना कार्यान्वयन गर्न यसलाई अन्तर्राष्ट्रिय सम्झौता वा कानुन सरह बनाएर कार्यान्वयन गर्नुपर्ने र त्यसका लागि संसदबाट पास गर्नुपर्ने प्रावधान रहेको छ। यो विषय विकास कम, राजनीतिक ज्यादा भएको आशंकाबीच कार्यान्वयन नहुने अवस्थामा रहेको छ। सरकारमा रहेको नेपाली कांग्रेसबाहेक लगभग सबै यो सम्झौताको बिपक्षमा रहेका छन् । एमसिसिले नेपाललाई पठाएको जवाफ र नेपालले साेधेकाे प्रश्न यस्तो छ :  MCC-Clarification-Letter-and-Responses-English-and-Nepali

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८