सुनकाेशी न्युज, २०७८ भाद्र १८, नेकपा माओवादी केन्द्र बागमती प्रदेशको बैठकले सिन्धुली जिल्ला समन्वय समितिको संयाेजकमा पुराना इमानदार नेता रामकुमार पाैडेललाई चुनेको छ। आज काठमाडौंमा बसेकाे प्रदेश कमिटीको बैठकले उहाँलाई संयाेजक चुनेको हाे। केन्द्रीय सदस्य तथा यसअघिका अध्यक्ष लेखनाथ दाहाल राजन जिल्ला इन्चार्ज बढुवा भएपश्चात् रिक्त स्थानमा पाैडेललाई जिम्मेवारी दिइएको प्रदेश अध्यक्षले जानकारी दिनुभयो । यसैगरी काभ्रे र रसुवामा केन्द्रीय सदस्य नभएकोले प्रदेश सदस्यलाई नै जिल्ला इन्चार्ज ताेकिएकाे छ। काभ्रेमा सूर्यमान दाेङ इन्चार्ज र दिनानाथ गाैतम सहइन्चार्ज बनाइएको छ। रसुवामा इन्द्र गाेतामेलाई ईन्चार्ज बनाइएको छ। काठमाडौं महानगर कमिटिमा सरिता महर्जनलाई सह इन्चार्ज बनाइएको छ।
माओवादी केन्द्र सिन्धुलीको संयाेजकमा रामकुमार पाैडेल

सम्बन्धित समाचारहरु
ताजा अपडेट
- अध्यक्ष प्रचण्डकाे जापान भ्रमण बारे सचिवालयकाे प्रेस नाेट
- लाेकहित डेन्टलमा प्रभुका ग्राहकलाई आकर्षक छुट दिने सम्झौता
- घाेराहीमा स्थानीय सरकारबाट विद्यालय अनुगमन
- माओवादी बागमती प्रदेशको सर्कुलर जारी, के के छन् निर्देशन र कार्यक्रम ? (सर्कुलरकाे पूर्णपाठ सहित)
- पार्टीले गरेका राम्रा काम बारे बाेल्न र सहकर्मीलाई नखुइल्याउन नेताहरूलाई अध्यक्ष प्रचण्डको आग्रह
- कपन खहरेमा बाढी, सधैंको समस्या, जनप्रतिनिधिलाई छैन चासो
- यो नाली हो कि धराप ?
- भूमि सम्बन्धि समस्या देखाएर राज्य दोहोन गर्ने प्रवृतिको अन्त्य गरिन्छ
- ठमेल पर्यटन विकास परिषद्को चुनाव : शर्मा र अधिकारीकाे अलग प्यानल घाेषणा
- ओलीले नियुक्ति दिएका गर्भनर अधिकारीको शैक्षिक योग्यता पुगेन
Add Comment