समाचार हेडलाईन न्युज

माओवादीबाट सेलदेखि केन्द्रसम्मकाे अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक

सुनकाेशी न्युज
२०७८ श्रावण ३० गते शनिबार
काठमाडौं । माओवादी केन्द्रले सेलदेखि केन्द्रसम्मकाे अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। आज काठमाडौंमा जारी केन्द्रीय समितिको पूर्ण बैठकमा अध्यक्ष प्रचण्डले उक्त योजना पेस गर्नुभएको हाे ।

अनमाेल वेङ्क्वेटमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डको प्रस्ताव अनुसार सेल कमिटीदेखि राष्ट्रिय सम्मेलनसम्मको पेस गरिएको कार्यसूची यसप्रकार छ :
१- २०७८ भदौ मसान्तसम्म देशैभर पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने ।
२- २०७८ असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला ।
३- २०७८ असोज २० गते वडा सम्मेलन
४- २०७८ असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन ।
५- २०७८ कात्तिक ३० गते जिल्ला सम्मेलन
६- २०७८ मङ्सिर १५ गते प्रदेश सम्मेलन
७- २०७८ पौष ११ देखि १३ सम्म पार्टीको ऐतिहासिक राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने ।

उनले बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले भनेका छन् “इतिहासको अहम अभिभारा हाम्रो काँधमा आएको छ । सबै पार्टी निर्माण र माओवादी जागरणको काममा दृढतापूर्वक लागि परौं ।”

प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८