समाचार

अफगानिस्तानबाट १२७ नेपाली काठमाडौं आइपुगे

सुनकोशी न्यूज
२०७८ भदौ १ गते मंगलबार

काठमाडौंको । अफगानिस्तानबाट कुबेत हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्याएको थियो । दोहाबाट कुबेत हुँदै उनीहरुलाई काठमाडौं ल्याइएको हो ।

नेपालीलाई ल्याउन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ । उनीहरुलाई सामाखुसीस्थित एक आइसोलेसन सेन्टरमा राखिने छ । त्यसपछि प्रक्रिया पुर्याएर घर पठाइने सुरक्षा स्रोतले बतायको छ।

प्रकाशित मिति: मङ्लबार, भदौ १, २०७८