समाचार हेडलाईन न्युज

नियुक्ति सच्याएपछि देउवाले लिए सपथ, माओवादीका शर्मा अर्थ र पम्फा उर्जामन्त्री नियुक्त

सुनकोशी न्युज
२०७८ आषाढ २९ गते मंगलबार

काठमाडौं -नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ ग्रहण गरेका हुन् ।
यसअघि बेलुका ६ बजे हुने भनिएकाे शपथ ग्रहण झन्डै दुई घण्टा ढिलाे गरी सुरु भएकाे हाे ।
राष्ट्रपति कार्यालयकाे विज्ञप्तिमा संविधानकाे धारा नै उल्लेख नगरि देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएपछि विवाद भएकाे थियाे ।
त्यसपछि नियुक्ति पत्रमा सच्याएपछि देउवाले शपथ लिएका हुन् । माओवादी केन्द्रका जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुषाल उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री भएका छन् । 

प्रकाशित मिति: मङ्लबार, असार २९, २०७८