समाचार हेडलाईन न्युज

ओलीहरु हामीलाई DDR मार्फत उहिल्यै सिध्याउन चाहनुहुन्थ्याे – प्रचण्ड

सुनकाेशी न्युज
२०७८ असार २० गते आइतबार
काठमाडौं । माओवादी केन्द्र काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको नाै दिने प्रशिक्षणको आज उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले बाढीपीडितलाई सहयोग र काेराेनामा काठमाडौं जिल्ला पार्टीले गरेको काम तारिफयाेग्य रहेको बताउनुभयो ।
उहाँले प्रशिक्षणको उद्घाटन गर्दै अगाडि भन्नुभयो – पार्टी एकता गर्नु सही थियोे । हामी केपीमाथि हाबि भयाैं। उसको प्रतिगामी कदमपछि उनलाई पार्टीबाट हटाइयाे। हामी अत्याधिक बहुमतका साथ अगाडि छाैं। ओली सरकार र सत्ताकाे गैरकानुनी तबरले शक्तिकेन्द्रकाे आडमा दुरुपयोग गरिरहेका छन् । उनीहरूको मिशन हामीलाई सिध्याउनु हाे ।

शान्ति प्रकृयामा आउला नै नेपालका माओवादीलाई हताेत्साही गर्ने, टुक्राटुक्रा पार्ने र सिध्याउने ddr गर्ने नेपालका प्रतिक्रियावादीलाई विदेशीको निर्देशन थियोे । त्यसलाई चिरेर हामीले जितेका छाैं। हामी ssr मा जान सफल भयाैं।

ओली बारम्बार भन्ने गर्छन् – यो गणतन्त्र, संघीयता र धर्म निरपेक्षता मेरो इच्छा हाेइन, माओवादीका कारण स्वीकार्न बाध्य भएको हुँ । अब माओवादी कमजोर भयो, यो परिवर्तन र व्यवस्था उल्टाउनु पर्छ भनेर बाेल्न थालेका छन् । उनीहरू निरन्तर यसरी षड्यन्त्रमा छन् ।
हामी यसका बिरुद्ध निरन्तर सचेत हुनुपर्छ ।

माओवादी जनयुद्धको उपलब्धिलाई स्विकार्दै ओलीले सही गरेका छन् । तर अहिले उनले धाेका दिए।
लेनिनको पार्टीमा पनि धेरै ख्रुस्चेव जन्मिए । चिनमा पनि धेरै चानकाे थाव जन्मिए । माओ र चाअाेका बिरुद्ध षड्यन्त्र गरेपछि पार्टीबाट हटाउनु परेको थियोे । हामीले अाेलीलाई त्यसै गरेको हाे।

मुख्य कुरा हामी हाम्रो वर्ग, माक्र्सवादी निष्ठामा प्रतिवद्ध छाैं कि छैनौं, बिद्रोह चेत छकि छैन भन्ने कुरा मुख्य हाे । छाैं भने हामी हार्दैनाैं। हामी ओली प्रवृत्तिलाई परास्त गर्न यो बिद्रोह झण्डा उठाएको हाे, हामी मजबुत छाैं हामी जित्छाैं।

संगठन बारे :
निर्वाचनमा जाने क्रममा संगठनबारे कमजोरी भएको छ। पहिलो चुनावमा हामीलाई जनताले दिएको विश्वास बचाउन सकेनौं । प्रतिक्रियावादी हामीमा चलखेल गर्न र हामीलाई फुटाइदिन सफल भए । धाेवीघाट समिकरण भयो । त्यहाँ विदेशी प्रतिक्रियावादी षड्यन्त्र थियोे । हाम्रा साथी त्यसमा फसे। मैले जाेगाउन सकिन । एकता जाेगाउन सकिन।

बहस नगरी ठूलाठूला निर्णय मैले गरें, त्यो गलत थियोे । मैले गल्ती महसुस गरेको छ। अब पार्टीलाई ठिक ठाउँमा ल्याउन, कम्युनिस्ट पार्टी पुनर्गठन गर्न हामीले पहल गरिरहेका छाैं।

यसमा मुख्य कुरा हामीले हाम्रो आफ्नो शक्तिलाई संगठनलाई शक्तिशाली बनाउने कुरा पहिलो प्राथमिकता छ। आन्तरिक पंक्ति पहिला मजबुत बनाउने हाे ।

माक्र्सवादी भैरहे, वर्ग र मुद्दामा केन्द्रीकृत हुनैपर्छ तर समकालीन राजनीतिको अन्तरविराेध पनि हामीले नै हल गर्नुछ। त्यो कार्यभार पनि छ।

चुनावी पार्टी भयो भने कम्युनिस्ट पार्टी आफ्नो चरित्रमा कायम रहन सकेन।

काठमाडौंमा पार्टी कस्तो बन्छ, त्यसले देशभरि प्रभावित पार्छ। काेभिडमा, बाढीपीडितमा, आन्दोलनमा काठमाडौंका कामरेडहरुले गरेको भूमिका महत्त्वपूर्ण देखियो । धन्यवाद छ। केन्द्रको तर्फबाट सहयोग रहनेछ।

प्रकाशित मिति: आइतवार, असार २०, २०७८