समाचार हेडलाईन न्युज

खाँडादेवीका भण्डारीको कपनमा शंकास्पद मृत्यु, घरपेटिमाथि शंका

सुनकाेशी न्युज
२०७८ असार २० गते आइतबार
काठमाडौं, कपन। बुढानिलकण्ठ-१० भण्डारी गार्मेन्टनजिक एक घरेलुु कामदारको शंकास्पद मृत्यु भएको छ।

डा. भरत थापाको घरमा घरेलुु कामदारको रुपमा कार्यरत रामेछाप खाडादेवी गाउँ पालिकाका गणेश बहादुर भण्डारी छतमा जाने भर्याङमुनि मृत अवस्थामा फेला परेको थापाले प्रहरीलाई जानकारी दिएको वाैद्ध प्रहरी परिसरले जानकारी दियो ।

अघिल्लो राति १६ गते विहान २ बजेसम्म फुटबल हेरेर सुतेका भण्डारी विहान ८:३० मा मृत भेटिएको थापाले बताए ।

सिसिटिभिकाे फुटेज, स्थानीयकाे भनाइ र मृतकका भाइ रवि भण्डारीको भनाइ अनुसार गणेशले आत्महत्या गरेको नभै उनको हत्या भएको हुनसक्ने पर्याप्त आधारहरू भएको बताइरहेका छन् ।

उनीहरूको भनाइ अनुसार मृतक झुन्डिएको अवस्थामा फेला परेका थिएनन्, भुइँमा लडेको अवस्थामा थिए । प्रहरीलाई दिएको जाहेरीमा भनिएको छ- मृतकका भाइले छतमा गएर मृतकलाई बेहाेस अवस्थामा फेलापारे। तर मृतका भाइ र छिमेकीका अनुसार आफन्तलाई अस्पतालले मृत घाेषणा गरेपछि मात्रै जानकारी दिएर थापाले बाेलाएका थिए ।

एउटा एम्बुलेन्स ४५ मिनेटसम्म बारदात भएको घरअगाडि उभिएर रित्तै फर्कियाे। थापाले निजी गाडी पनि प्रयोग गरेनन् । नजिकका ओम, टिचिङ वा ह्याम्स जस्ता अस्पताल नलगेर टाढाको ग्र्यण्डी अस्पतालकाे एम्बुलेन्स बाेलाएर त्यता लगे। महाराजगन्जकाे प्रहरी बृत्तमा मृतकका भाइलाई पढ्नै नदियि हप्काएर घरमै उसले लास बुझेको भन्ने व्यहाेराकाे कागज बनाउन लगाएको देखिन्छ । आत्महत्या गर्न प्रयोग भएको भनिएको डाेरी पनि मुस्किलले १मिटरको रहेको छ। उनलेे आत्महत्या गरेको भन्ने कुनै शंकेत नभएको बताइएको छ।

तर पूर्ण व्यहाेराकाे जाहेरी दिन जाँदा बाैद्ध प्रहरीले लिन अस्वीकार गरेको पीडितको गुनासो छ। कतै प्रहरी लगायत मुद्दालाई कमजोर बनाउने वा प्रभावित बनाउने षड्यन्त्रमा त छैनन् भन्ने आशंकामा पीडितका आफन्तले आन्दोलनको तयारी गरेको आफन्त रामेछापबासी कमार खरेलले जानकारी दिए।

पाेष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको लासकाे अहिलेसम्म पाेष्टमार्टम हुन सकेको छैन ।

प्रकाशित मिति: आइतवार, असार २०, २०७८