मुख्य समाचार समाचार हेडलाईन न्युज

बढ्यो इन्धनको मूल्य

सुनकोशी न्युज
२०७८ आषाढ २२ गते मंगलबार

काठमाडौं -नेपाल आयल निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ।
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपयाँ बढेको निगमले जनाएको छ। त्यसैगरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ भने खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ ।

प्रकाशित मिति: मङ्लबार, असार २२, २०७८