मुख्य समाचार समाचार हेडलाईन न्युज

ओली – नेपाल वार्ता निष्कर्ष विहिन तर सकारात्मक

सुनकोशी न्युज
२०७८ आषाढ २३ गते बुधबार

काठमाडौं -प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ ।

सत्तारुढ दल नेकपा एमाले भित्र जारी विवाद समाधानका लागि बुधबार साँझ एक होटेलमा भएकाे दोस्रो तहका नेताहरूसहितको यो भेटवार्ता भने सकारात्मक भएको वार्तामा सहभागी नेताहरुले बताएकाछन् ।

नेताहरुका अनुसार भोलि बिहान ११ बजे कार्यदलको बैठक बसेर पुनः सहमतिको प्रयास गर्ने कुरा भएको छ।

छलफलमा ओली पक्षबाट नेताहरू ईश्वर पोखरेल र विष्णु पौडेल तथा नेपाल पक्षबाट नेताहरू भीम रावल र सुरेन्द्र पाण्डे सहभागी थिए ।

प्रकाशित मिति: बुधबार, असार २३, २०७८