समाचार स्थानीय हेडलाईन न्युज

सुनकाेशीमा परम्परागत नाैमती बाजा हस्तान्तरण

सुनकाेशी न्युज
२०७८ असार २४ गते बुधबार
सुनकाेशी, सिन्धुली । सुनकोसी गाउँ पालिकाकी अध्यक्ष दिपा दाहाल बाेहराले सुनाम समुदायलाई एकसेट नाैमती बाजा हस्तान्तरण गर्नुभएको छ।

बुधबार सुनकोशी गाउँपालिका वडा नं ६ स्थित खाल्टेमा सुनकोशी दलित सेवा समाजको आयोजना तथा सुनकोशी गाउँपालिकाको आर्थिक सहयोगमा नेपाली जनसंस्कृतिको संरक्षण गर्न एक सुनाम समुदायमा नौमती बाजा एक सेट हस्तान्तरण गरिएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

त्यसैगरी, गाउपालिका अध्यक्ष दिपा बोहोरा दाहालले शैक्षिक गुणस्तर सुधारका लागि भिमसेन प्रावि खनियाडाँडालाई कम्प्युटर १थान र LED टिभी १ थान हस्तान्तरण गर्नुभएको छ। हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने र संस्थाका अध्यक्ष केशब लोहारको पनि समुपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बिहिबार, असार २४, २०७८