समाचार स्थानीय

सुनकाेशीमा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

सुनकाेशी न्युज
२०७८ असार २४ गते बुधबार
सुनकाेशी, सिन्धुली । सुनकोसी गाउँ पालिकाकी अध्यक्ष दिपा दाहाल बाेहाेराले सुनकोसीकाेे एक विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको छ।

सुनकोशी गाउँपालिका वडा नं ५ स्थित सातबिसेमा शक्तिपाेखरी प्राविलाई सुनकोशी दलित सेवा समाजको आयोजना तथा सुनकोशी गाउँपालिकाको आर्थिक सहयोगमा शैक्षिक गुणस्तर सुधारका लागि कम्प्युटर १ थान र त्यहा रहेका दलित बिद्यार्थीलाई कपि डटपेन प्रदान गरिएको हाे ।

अध्यक्षा दाहाल लगायत सुनकाेशी गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने र दलित सेवा समाजका अध्यक्ष केशब लोहारकाे उपस्थितिमा एक कार्यक्रम गरि यी शैक्षिक सामाग्री हस्तान्तरण गरिएको अधिकृत न्याैपानेले बताउनुभयो ।

प्रकाशित मिति: बिहिबार, असार २४, २०७८