समाचार हेडलाईन न्युज

३ वर्षका विवेकाे हत्या १५ वर्षकी दिदी नाता पर्नेबाट

सुनकाेशी न्युज
२०७८ असार २४ गते बिहीबार
काठमाडौं । कैलालीको टीकापुर नगरपालिका-१ ब्लक ८ का तीन वर्षका बालक विवेक विष्टको हत्या आफ्नै दिदी नाता पर्नेले गरेको खुलेको छ ।

बिहीबार कैलाली प्रहरीले पत्रकार सम्मेलनमार्फत ति दिलिप बिष्टका छोरा विवेकलाई दिदी नाता पर्ने पुनम विष्टले जमरा कुलोमा धकेलेर हत्या गरेको जानकारी दिएको हो ।

अभियुक्त बिष्टले नाबालकलाई कुलोमा धकेलेर हत्या गरेको बयान प्रहरीलाई दिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

 

प्रकाशित मिति: बिहिबार, असार २४, २०७८