समाचार स्थानीय हेडलाईन न्युज

बाढीपहिरोमा परी सिन्धुलीमा दुईको मृत्यु

सुनकोशी न्युज
२०७८ असार १७ बिहिबार
सिन्धुली । लगातारको वर्षका कारण सिन्धुलीमा बाढीपहिरोमा परी दुई जनाको ज्यान गएको छ भने एउटा ट्रक र एउटा अटो खोलाले बगाएको छ ।
कमलामाई नगरपालिका–८ रामबहादुर बम्जनको आश्रममा पहिरोले घर पुरिदा एक बृद्धको ज्यान गएको छ । मकवानपुरको हेटौडा–१३ बस्ने ६९ वर्षको लरिन बहादुर हिमदुङलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कमलामाई नगरपालिका वडा नं. ५ को कारागारबाट मधुटार जानेक्रममा बा.५ ख. ६७३२ नम्बरको खाली ट्रक रानीखोलामा आएको बाढीले बगाउँदा ३० मिटर तल पु¥याएर पल्टाएको थियो । ट्रकमा सवार चालक काभ्रे निवासी वर्ष ३० का सागर लामा स्यांतान सकुशल रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । रानीखोलामा लामो समयपछि यति ठूलो बाढी आएको रानीखोला निवासी ध्रुवचन्द्र खड्काले जानकारी दिए ।

त्यसैगरी, कमलामाई नगरपालिका–९ सीथत सुकेखोलमा आएको बाढीले खोला तर्ने क्रममा एउटा अटोरिक्सा बगाएको छ । सिन्धुलीबाट बर्दिबासतर्फ जादैगरेको ज.१.ह.४५५९ नम्बरको अटो बगाएको हो । गोलञ्जोर च्याखुटार बस्ने ३३ वर्षको बाशुदेव श्रेष्ठको अटो बगाएको हो । अटोमा सवार चालक र अर्का एक व्यक्ति सकुसल रहेको र अटो प्रहरीले निकालेको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाका कारण सिन्धुलीका कमला, ग्वाङ, तावाखोला, चँदाहा लगायत विभिन्न खहरेखोलामा बाढी बढ्ने आउने र पहिरोको जोखि रहेको छ । जिल्लास्थित विपद व्यवस्थापन समितिले सर्वसाधरणलाई सजग रहन आव्हान गरेको छ भने आपतकालिन उद्धारको तयारी समेत गरेको एस.पि. गोविन्द थपलियाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहिबार, असार १७, २०७८