समाचार हेडलाईन न्युज

कस्तो छ माओवादीमा महिला, दलित र युवाको प्रतिनिधित्व, नयाँ विधानअनुसार कस्तो बन्ला?

सुनकाेशी न्युज
२०७८ असार १७ गते बिहीबार
काठमाडौं । माओवादी केन्द्रमा केन्द्रीय समिति २९९ सदस्यीय बनाउने विधानमा उल्लेख छ। तर एमालेसँग पार्टी अलग भएपछि माओवादी केन्द्रमा १८० जना केन्द्रीय सदस्य बाँकी छन् । एमालेसँग एकता गर्दा माओवादी केन्द्रका २०० जना केन्द्रीय सदस्य भएका मध्ये दुई जना डाचाराज वाग्ले र धनिराम पाैडेलकाे मृत्यु भएको र बाँकी १८ जना केन्द्रीय सदस्य बादलसँगै ओलीको एमाले गुटमा विलय भएका हुन्। यसरी माओवादी केन्द्रमा अहिले १८० जना केन्द्रीय सदस्य छन् ।

अहिले माओवादी केन्द्रले पार्टीमा महिला ३५%, दलित १५% र युवा २० % प्रतिनिधित्व गराउने नीति ल्याउन लागेको छ। माैजुदा कमिटिमा महिला ३५ जना, दलित ६ जना र युवा १० जना मात्रै रहेको देखिन्छ । अहिलेकै कमिटिमा पनि नयाँ विधानअनुसार महिला २८ जन, युवा २६ जना र दलित २१ जना अपुग छ, वुन अरु क्स्टरबाट हटाएर यो सङ्ख्या पूरा गर्नुपर्ने देखिन्छ ।

२९९ जनाको केन्द्रीय समिति बनाउदा महिलाको सङ्ख्या १०४ जना हुन्छ। अहिले भएका ३५ जना घटाउदा ६९ जना नयाँ महिला थप्नुपर्ने हुन्छ ।

त्यसैगरी २९९ मा दलितको १५ % भनेको ४५ जना हुनेछ । अहिले भएका ६ जना घटाउदा थप्नुपर्ने सङ्ख्या ३९ जना हुन्छ ।

युवालाई २९९ मा २०% प्रतिनिधित्व गराउदा ६० जना हुन्छ । अहिले भएका १० जना घटाउदा ५० जना नयाँ युवा ४० वर्षमुनिकालाई भर्ती गर्नुपर्ने हुन्छ।

यसका साथै समावेशीकरणको संवैधानिक मान्यता अनुसार अन्य समुदायको पनि पार्टी केन्द्रीय समितिमा समावेशी प्रतिनिधित्व हुनुपर्ने जाेडदार माग रहेको कार्यदलकी सदस्य पम्फा भुषाल बताउनुहुन्छ।

२२ वटा जिल्लाका झण्डै ४५ लाख मधेसीको प्रतिनिधित्व गरेर अहिले केन्द्रमा १८ जना मात्रै केन्द्रीय सदस्य रहेका छन् । त्यसाे त दुई नम्बर प्रदेशका अध्यक्ष प्रभु साहसँगै रामचन्द्र मण्डल, ज्वाला साह लगायत धेरै मधेसी नेता ओलीको पार्टीमा गएका कारण यो संख्या कम भएको हुनसक्छ । तर पनि जनसंख्याको आधारमा केन्द्रीय समितिमा मधेसीको राम्रो सहभागिता देखिदैन ।

त्यसैगरी जनजातिको पनि अहिलेको कमिटिमा संख्या भनेको ३९ जना हाे। मगर, गुरुङ र तामाङको सहभागिता असाध्यै न्यून रहेको छ। मुसलमानकाे संख्या जम्मा १ जना रहेको छ भने थारु ८ जना केन्द्रीय सदस्य छन् ।

यसरी संसदीय चुनावी राजनीतिमा झरेपछि माओवादी केन्द्रले पार्टीको संरचनालाई पनि चुनावमुखि बनाउन लागेको देखिन्छ । नत्र कम्युनिस्टको पार्टीमा समावेशी सहभािता हुदैन । सरकार र माेर्चाहरुमा मात्रै समावेशी सहभािता हुन्छ। माओवादी केन्द्रले अबको नीतिमा दलित, युवा र महिलालाई काेटा ताेकेर सहभागी गराउने विधानमै उल्लेख गर्नुले पार्टी जनबिद्राेहकाे लाईनबाट पूर्णरूपमा अलग भएको शंकेत दिएको छ।

वर्गसंघर्षमा रहेको भूमिका, सामाजिक सम्बन्ध, बैचारिक र राजनीतिक क्षमता, कार्यदक्षता, निरन्तरता लगायत विषय नापेर जिम्मेवारी दिने कम्युनिस्ट पार्टीको प्रचलित परम्पराबाट पनि माओवादी चिप्लिएर अन्तै पुगेको देखिन्छ ।

सयौं जाति, भाषा, धर्म, सम्प्रदाय, क्षेत्रीय विविधता लगायतले गंजागाेल रहेको नेपाली समाजमा सबैलाई पार्टीको केन्द्रीय समितिमै लैजाने कुरा पार्टीकाे समावेशी नीति र नेपालकाे संविधानले निर्दिष्ट गरेको छ। यसले पार्टीलाई भद्रगोल बनाउने धेरै नजिकैको सम्भावना छ।

प्रकाशित मिति: बिहिबार, असार १७, २०७८