समाचार हेडलाईन न्युज

मंगलबारदेखि ठूला सार्वजनिक सवारीसाधन जाेर-बिजाेर णालीमा चल्न थाले

सुनकाेशी न्युज
२०७८ असार १५ गते मंगलबार
काठमाडौं । कोभिड संक्रमण बढेको भन्दै निषेधाज्ञा गरिएको आज ६२ औं दिनदेखि सार्वजनिक सवारीसाधन सञ्चालन सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालयको आदेश बमोजिम जोरबिजोर प्रणालीमा आजदेखि २६ सिटभन्दा ठूला सवारीसाधन सञ्चालन हुन थालेको हो । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र संचालन हुन सक्नेछन् ।

आजदेखि उपत्यकामा खाद्यान्न, तरकारी, फलफूल, स्टेशनरी लगायत अत्यावश्यक सेवाका पसलहरु दिनभर सञ्चालन हुन पाउनेछन् । अन्य पसलको हकमा भने बारअनुसार खुल्ने व्यवस्थालाई यथावत राखिएको छ ।

प्रशासनले जारी निषेधाज्ञााई एक साता लम्ब्याएको छ ।

 

प्रकाशित मिति: मङ्लबार, असार १५, २०७८