समाचार हेडलाईन न्युज

मेलम्ची आयोजनामा कार्यरत प्रोजेक्ट म्यानेजरसहित ३ जनाको शव भेटियो

सुनकाेशी न्युज
२०७८ असार ३ गते बिहीबार
मेलम्ची । निरन्तरको वर्षापछि आएको बाढीका कारण बुधबार सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनामा कार्यरत ८ जना इन्जिनियर तथा प्राविधिकहरु हराएका थिए । बिहीबार उनहरुमध्ये ३ जनाको शव भेटिएको छ ।

भारतीय, चिनियाँ र नेपाली इन्जिनियर तथा प्राविधिकहरुको टोली बस्दै आएको क्याम्प बाढीले बगाउँदा ८ जना इन्जिनियर तथा प्राविधिक सम्पर्कबिहीन भएका थिए । तीमध्ये ३ चिनियाँ, ३ भारतीय र दुई नेपाली थिए ।

बिहीबार मेलम्ची खानोपानी आयोजनामा प्रोजेक्ट म्यानेजरको रुपमा कार्यरत मेकानिकल इन्जिनियर कमल लोचन महतोको शव भेटिएको साइट इन्जिनियर शेखर खनालले जानकारी दिए । उनी भारतीय नागरिक हुन् ।

उनका अनुसार चिनियाँ टोलीले आफ्ना दुई साथीहरुको शव भेटेको जानकारीसमेत दिएको छ । तर, आफूले उनीहरुको शव भने हेरिनसकेको उनको भनाइ छ । उनले भने, ‘कमल सरको शव मैले आफ्नै आँखाले देखेँ । निकै पीडा भयो । चिनियाँ टोलीबाट पनि दुई जनाको शव भेटिएको खबर आएको छ । तर, अझै म ती शव भए ठाउँमा भने पुगेको छैन ।’

महतोको शव सुनकोशी गाउँपालिका ७ कालढुङ्ग्रेस्थित नदी किनारमा फेला परेको थियो । हराइरहेका अन्यको खोजी कार्य जारी रहेको समेत खनालले जानकारी दिए ।

मत्यु हनेमा चिनियाँ नागरिक २२ वर्षीय गोंग तियांग सियाओ र ४८ वर्षीय यु ची झु रहेको खुलेको छ । गोंगको शव इन्द्रवती नदी र यु ची झुको सिन्धुलीमा भेटिएको हो

 

प्रकाशित मिति: बिहिबार, असार ३, २०७८

 

 

ताजा अपडेट