शिक्षा/स्वास्थ्य समाचार स्थानीय हेडलाईन न्युज

झागाझाेलीमा निर्माणसम्पन्न भवन स्वास्थ्य चाैकीलाई हस्तान्तरण

सुनकाेशी न्युज
२०७८ असार २ गते बुधबार
सुनकाेशी, सिन्धुली । सुनकाेशी गाउँपालिका वडा नं ५ बन्दिपुरमा निर्माण सम्पन्न भएको स्वास्थ्य चाैकी भवन पुरानो झागाझाेली स्वास्थ्य चाैकीलाई हस्तान्तरण गरिएको छ।

एक कार्यक्रमका बीच सुनकोसी गाउँपालिका अध्यक्ष दीपा दाहाल बाेहाेराले स्वास्थ्य चाैकी हस्तान्तरण गर्नुभएकाे हाे ।

भूकम्प पुन:निर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन ईकाइ सिन्धुलीले रू. १,३६,९१,११७/- लागतमा ९ काेठे पक्की भवन निर्माण सम्पन्न गरि हस्तान्तरण गरेको आयोजना प्रमुख सूर्य प्रकाश विष्टले जानकारी दिनुभयो ।

हस्तान्तरण कार्यक्रममा सुनकोशी गा.पा.उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, ५ नम्बर वडा अध्यक्ष, ३ नम्बर वडा अध्यक्ष, राजनीति दलका प्रतिनिधिहरु, सु .गा.पा .स्वास्थ संयोजक, स-संयोजक र बन्दिपुरका स्थानीयहरुको उपस्तिथि थियोे । 

प्रकाशित मिति: बुधबार, असार २, २०७८