समाचार हेडलाईन न्युज

मेलम्ची बाढीपहिरो : बेपत्ता ८ जनाको शब भेटियो

सुनकाेशी न्युज
२०७८ असार २ गते बुधबार
हेलम्बु। निरन्तरकाे वर्षाले आएको बाढी पहिरोले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा भीषण क्षति पुराएकाे छ।

मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा परी हराइरहेकामध्ये ८ जनाको शव फेला परेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङका अनुसार, ८ जनाको शव मेलम्ची आसपास भेटिएको छ ।

करिब ५० जनाभन्दा बढी हराइरहेका छन् । उनीहरुको खोजी जारी छ ।

नाकोटे पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल समेत बाढीले बगाएकाे छ।

आज बिहानैदेखि घटनास्थलहरुमा प्रहरी टोली, सशस्त्र प्रहरीको टोली उद्दार कार्यमा जुटेका छन् । कतिपय स्थानमा हेलिकोप्टरबाट समेत उद्दार कार्य जारी रहेको छ ।

बेलुकी ७ बजे मेलम्ची खानेपानिको मुहान रहेको नदीमा खसेको पहिरोले नदीको प्रवाह रोकिएर आएको बाडीले मेलम्ची बजारदेखि माथि रहेका क्षेत्रहरुमा व्यापक क्षति पुगेको छ ।

मेलम्ची खाेलामा आएको बाढी र त्यस भेगमा आएको पहिरोबाट मेलम्ची खानेपानी मुहान, ट्राउट माछा फर्म, पक्की तथा झोलुङ्गे पुल लगाएत सयौं घर तथा भवन समेत बगाएको छ ।

मेलम्ची र इन्द्रावति नदीमा आएको बाडीले मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारका घरहरूमा क्षति पुगेको छ। मेलम्ची बजार बगरमा परिणत भएको छ भने तटिय क्षेत्रमा रहेका मानव वस्ति, कृषि फार्म लगायतका संरचनाहरुमा क्षति पुगेको छ ।

यसैगरी नाकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल, बाहुनेपाटी पुल, ढाँडखोला पुलमा क्षति पुगेको छ । मेलम्ची खानेपानिका कामदारहरु र केही स्थानमा मानिसहरु हराईरहेको आशंका गरिएको छ ।

हेलम्बु गाउँपालिकाको तिम्बु, किउल,चनौटे र
मेलम्ची नगरपालिका अन्तर्गत मेलम्ची बजारमा ठुलो क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चाैताराले जनाएको छ।

सभामुख तथा सिन्धुपाल्चोकका सांसद अग्नि सापकोटाले सचेत रहन र राहत तथा उद्धारमा जुट्न सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: बुधबार, असार २, २०७८