मुख्य समाचार समाचार हेडलाईन न्युज

सिन्धुपाल्चोकमा पुर्यायो बाढीले ठूलो मानवीय र भौतिक क्षति

सुनकोशी न्युज
२०७८ असार २ गते बुधबार

काठमाडौं – सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावतीमा नदीमा मंगलबार आएको बाढीले ठूलो मानवीय र भौतिक क्षति भएको छ ।
तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार बाढीले क्षतबिक्षत बनाएको छ ।
स्थानीय बासिन्दाका अनुसार, त्यहाँ करिब तीन दर्जन भन्दा बढी मानिसहरु बेपत्ता भएका छन् ।
स्वास्थ्यमन्त्री शेरबहादुर तामाङकाको फेसबुक स्ट्याटस अनुसार, नाकोटे पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल समेत बाढीले बगाएको छ ।
आज बिहानैदेखि घटनास्थलहरुमा प्रहरी टोली, सशस्त्र प्रहरीको टोली जाने तयारी गरेको छ । बाढी पहिरो नरोकिएकाले पैदलस्थलबाट सबै घटनास्थल पुग्न कठिन रहेको रहेको छ ।

प्रकाशित मिति: बुधबार, असार २, २०७८