समाचार स्थानीय हेडलाईन न्युज

मकैबारीमा वादरलाई हानेको भरुवा बन्दुकले लियो साथीको ज्यान

सुनकाेशी न्युज
२०७८ जेठ ३० गते आइतबार
सिन्धुली । सिन्धुलीको घ्याङलेक-४ मा मकैबारीमा वादरलाई हानेको बन्दुकले मान्छेलाई लाग्दा एकजनाको ज्यान गएको छ।
घ्याङलेक-४ निवासी २४ वर्षका धनराज घलान र कान्छामान घलान मैबारीमा बादर रुंग्न गएका बेला धनराजले हानेको भरुवा बन्दुकको गाेली कान्छामानकाे बायाँ काेखामा लागेको थियो ।

उपचारको लागि नेत्रकाली स्वास्थ्य केन्द्र लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको छ।

घटनाको बारेमा स्थानीय जनताले प्रहरीलाई खबर गरेपछि खटिएको प्रहरी टाेलीले बन्दुक पड्काउने धनराज घलानलाई पक्राउ गरेको छ। साथै, उनको साथबाट दुई थान भरुवा बन्दुक समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

प्रकाशित मिति: आइतवार, जेष्ठ ३०, २०७८