समाचार स्थानीय

सार्वजनिक जग्गामा सरकारी बजेले एमाले पार्टी कार्यालय बनाउने कार्यमा माओवादी केन्द्रकाे बिराेध

सुनकाेशी न्युज
२०७८ जेठ ३० गते आइतबार
फिक्कल, सिन्धुली । सिन्धुलीको फिक्कल गाउँ  पालिकामा संघीय सरकार र गाउँ पालिकाकाे संयुक्त बजेटमा एमाले गाउँ पार्टी कार्यालय निर्माण गर्न फिक्कल गाउँ पालिकाका जनप्रतिनिधिले गरेको अपारदर्शी कार्यकाे स्थानीय जनता र  अन्य  दलले बिराेध जनाएका छन् ।

रु. ४९,००,०००( उनानचास लाख) पैसामा नेकपा (एमाले) ले फिक्कल गाउँपालिकाकाे सार्वजनिक जग्गामा पार्टी कार्यलय बनाउन लागेको स्थानीय माओवादी नेता मुरारी भण्डारीले जानकारी दिए ।

सार्वजनिक जग्गा दुरुपयोग गरि शहीदकाे नाममा  राजनीतिक दलको कार्यालय निर्माण गर्नु गैरकानुनी र असामाजिक कार्य भएको भन्दै उक्त काम तुरुन्त रोक्न स्थानिय जनता र अन्य राजनैतिक दलहरुले सरकारसँग माग गरेका छन् ।

केही समयपहिला सबैले आपत्ति जनाएपछि सिन्धुली जिल्ला प्रशासन कार्यलयले सार्वजनिक जग्गामा  विभिन्न बहानामा सरकारी बजेट दुरुपयोग गरेर एमाले पार्टी कार्यालय निर्माण गर्ने   काम तत्काल  राेक्न निर्देशन दिएको थियोे । तर, फिक्कल गाउँपालिका अध्यक्षले सर्बदलिय बैंठक बोलाएर निर्माणकार्य अगाडि बढाउने भन्दै दलहरुलाई छुट्टाछुट्टै भेट्ने र प्रलोभनमा पारी सार्बजानिक जग्गा हडप्ने प्रपञच गरिरहेको नेता भण्डारीले जानकारी दिए।

जनताको करबाट तयार भएको बिकास बजेटबाट पार्टी कार्यलय बनाउने जस्तो गैरकानुनी कार्य अगाडि बढाएको तथा सबै दलको सामूहिक बैठक बसौ भन्दा फिक्कल गाउँपालिकामा दल दर्ता नभएकालाई नबोलाउने भन्दै सामूहिक रुपमा बस्न अध्यक्षले इन्कार गरेको भण्डारी बतअउछन्।

अध्यक्षको यस्तो निरंकुश कार्यशैलीप्रती खेद ब्यक्त गर्दै अन्य दलहरूले  एक विज्ञप्ति निकाली भत्सर्ना गरेका थिए ।

प्रकाशित मिति: आइतवार, जेष्ठ ३०, २०७८