समाचार हेडलाईन न्युज

बादलकी श्रीमती संचार र सिन्धुलीका पहाडी संघीय मामिला मन्त्री बने

सुनकाेशी न्युज
२०७८ जेठ २७ गते बिहीबार
काठमाडौं । अदालतले बर्खास्त गरेका गृहमन्त्री राम बहादुर थापाले आफ्नो काेटामा श्रीमती नैनकला थापालाई मन्त्री बनाएका छन् ।

प्रधानमन्त्री केपी ओलीले दाेस्राेपटक संसद बिगठन गरेपछि अदालतले बादल लगायत सातजना मन्त्रीलाई बर्खास्त गरेको थियो ।

ओली मन्त्रीमण्डलामा बादलपत्नी नैनकला थापालाई सूचना तथा संचार मन्त्री बनाइएको छ। बादल मन्त्रीबाट बर्खास्त भएको लामो समयसम्म पनि मन्त्री निवास नछाेडि बसेका थिए । भारतका लालु यादवले आफूलाई अदालतले दण्डित गरेपछि गृहणी श्रीमती रावडीदेवीलाई मुख्यमन्त्री बनाएका थिए ।

त्यसैगरी मन्त्री नबनाएकाे भन्दै महन्त ठाकुरसँग रुष्ट राजकिशाेर यादवलाई पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएको छ। माओवादी त्यागेर प्रभु शाहसँगै एमाले छिरेकी बाराकी प्रदेश सांसद ज्वाला साहकाे प्रदेश सांसद पद गुमेपछि उनलाई ओलीले कृषि मन्त्री बनाएका छन् ।

याेगेश भट्टराईका अनन्य मित्र तथा युवा नेता सिन्धुली -१ बाट प्रतिनिधि सभामा लगातार दुई पटक जितेका गणेश पहाडीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे जिम्मेवारी दिइएको छ। उनी केही समयपहिलासम्म माधव- झलनाथ समूहमा थिए ।

प्रधानमन्त्री ओलीले ७ मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद्लाई  पूर्णता दिने भएका हुन् । स्रोतका अनुसार गृह मन्त्रालयको जिम्मेवारी खगराज अधिकारीले पाउने भएका छन् ।

ओलीले अन्तिमपटक गरेको मन्त्री मण्डल बिस्तारमा मन्त्री बन्नेहरू निम्न रहेका छन् :

१. खगराज अधिकारी, गृहमन्त्री

२. मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

३. नारदमुनी राना, वनमन्त्री

४. नैनकला थापा, सन्चारमन्त्री

५. ज्वालाकुमारी साह, कृषिमन्त्री

६. राजकिशोर यादव, उद्योगमन्त्री

७. गणेश पहाडी, सामान्य प्रशासनमन्त्री

८. आशा विक, वनराज्यमन्त्री

प्रकाशित मिति: बिहिबार, जेष्ठ २७, २०७८