शिक्षा/स्वास्थ्य स्थानीय हेडलाईन न्युज

पर्याप्त खाेप नभएको भन्दै बुढानिलकण्ठमा खाेप लगाउन स्थगित

सुनकाेशी न्युज
२०७८ जेठ २६ गते बुधबार
काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाले २७ गते ६० देखि ६४ वर्ष उमेरका बृद्धबृद्धलाई खाेप लगाउने कार्यक्रम स्थगित गरेको छ।
नगरपालिकाकाे स्वास्थ्य शाखाले बुधबार एक विज्ञप्ति जारी गर्दै २७ गते भेराेसिल खाेप लगाउने कार्यक्रम स्थगित गरेको जानकारी दिएको हाे ।

जिल्ला स्वास्थ्य कार्यालयले मागे अनुसार पर्याप्त खाेप दिन इन्कार गरेकोले कार्यक्रम स्थगित गरिएको स्वास्थ्य शाखा प्रमुख कुमार प्रसाद दाहालले जानकारी दिए।

अचानक खाेप स्थगित भएपछि खाेपकाे पर्खाइमा रहेका पालिकाबासी चिन्तित भएको स्थानीय शेखर श्रेष्ठले बताए ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २६, २०७८