बागमती शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

पत्रकारलाई खाेप लगाउने व्यवस्था गर्न सामाजिक विकास मन्त्रालयको निर्देशन

सुनकाेशी न्युज
२०७८ जेठ २६ गते बुधबार
काठमाडौं । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै जिल्लामा कार्यरत फ्रन्टलाइनका पत्रकारलाई खाेप लगाउने व्यवस्था मिलाउन पत्रचार गरेको छ।

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश, उपत्यका प्रदेश, बागमती प्रदेश र एसाेसियट प्रदेश समितिले फ्रन्टलाइनमा कार्यरत धेरै पत्रकारले काेराेना बिरुद्ध खाेप लगाउन छुटेकाे गुनासो आएकोले खाेप लगाउने व्यवस्था मिलाउन मन्त्रालयलाई अनुरोध गरेको थियोे ।

बुधबार सामाजिक विकास मन्त्रालयले एक चिठी लेखेर माताहतका सबै जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ। यश अनुसार बागमती प्रदेशका १३ जिल्लामा कार्यरत पत्रकारले खाेप लगाउने छन् ।

यसअघि भारतबाट ल्याइएको काेभिसिल्ड खाेप लगाईसकेका पत्रकारले भने यो खाेप लगाउनु पर्दैन । 

प्रकाशित मिति: बुधबार, जेष्ठ २६, २०७८