शिक्षा/स्वास्थ्य स्थानीय हेडलाईन न्युज

बुढानिलकण्ठमा ३ स्थानमा खाेप लगाईयाे, भिड अत्याधिक हुदा व्यवस्थापनमा समस्या

सुनकाेशी न्युज
२०७८ जेठ २५ गते मंगलबार
काठमाडौं । मंगलबार बुढानिलकण्ठ नगरपालिकाका तीन स्थानबाट १ हजार ४०९ जनालाई कोरोना भाइरसविरुद्धको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा उपलब्ध गराएको छ ।    नगरपालिका क्षेत्रका  ७१८ महिला र ६९१  पुरुषलाई आज कोरोना भाइरसविरुद्धको खोप दिइएको

काेराेनाबिरुद्धकाे भेराेसिल खाेप बुढानिलकण्ठ -१० काे वालउद्धार मावि, वडा नं. २ काे गणेश मावि र वडा नं. ९ काे नेशनल आईडियल स्कुलमा खाेप दिइएकाे छ।

पहिलो चरणमा ६० देखि ६४ वर्षसम्मका मानिसलाई खाेप दिइदै छ। जेठ २५/२६ र २७ गते यो उमेर समुहकालाई खाेप दिइनेछ । दाेस्राे लटमा १८ वर्षदेखि ५९ वर्षसम्मकालाई खाेप लगाउने स्वस्थ्य मन्त्रालयले जनाएको छ।

लाईनमा बसेका बृद्धबृद्धाकाे पालाे मिच्दै वडाध्यक्ष लगायतले जबर्जस्ती मान्छे छिराउन खाेजेपछि सुरुवातमा केही हाेहल्ला भए पनि माओवादी केन्द्रका स्थानीय स्वयंसेवकले परिस्थिति सहज बनाएको स्वास्थ्यकर्मीले जानकारी दिए।

व्यवस्थापन फितलो भएका कारण घण्टाैसम्म बुढाबुढीहरू चर्को घाममा उभिन बाध्य थिए । यसबारे वडाध्यक्षसँग बुझ्दा उनलेे अबका दिनमा यसलाई सुधार गर्ने जानकारी दिए।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २५, २०७८