मुख्य समाचार शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

नेपालमा थप ५ हजार १ सय ५३ जनामा कोरोना: १०८ जनाको मृत्यू

सुनकोशी न्युज
२०७८ जेठ २५ गते मंगलबार

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६५ पीसीआर परीक्षणबाट देशभर ३ हजार ८ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ५ हजार ६ सय ११ एन्टिजेन परीक्षणमा १ हजार २ सय ८३ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी संक्रमितको संख्या ५ हजार १ सय ५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ सय ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ।
यस्तै २४ घण्टामा ६ हजार ५ सय ७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ५ लाख ४ हजार ५ सय ३० पुगेको छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २५, २०७८