मुख्य समाचार समाचार हेडलाईन न्युज

ओलीको आह्वान साँच्चिकै एकताको पक्षमा नभइ केवल भ्रम सिर्जना गर्ने उद्देश्यबाट प्रेरित देखिन्छ : नेपाल – खनाल समूह

सुनकोशी न्युज
२०७८ जेष्ठ २४ गते सोमबार

काठमाडौं -एमालेको माधवुकमार नेपाल र झलनाथ खनाल समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले एकताका लागि भन्दै अगाडि सारेको प्रस्तावको नियमतमाथि शंका गर्दै अस्वीकार गरेको छ ।

सोमबार साँझ माधवुकमार नेपालद्वारा जारी विज्ञप्तिमा पार्टी एकता र प्रभावकारितालाई कायम राख्न केपी ओलीलाई ठोस प्रस्ताव पठाइएको भए पनि त्यसका सम्बोधन नगरी एकताको आह्वान भएको भन्दै यो समूहले आशय व्यक्त गरेको छ ।
कुनैपनि कुराहरुको सम्बोधन नगरी कुनै वार्ता नभइ एकताको लागि गरिएको वहाँको आह्वान साँच्चिकै एकताको पक्षमा नभइ केवल भ्रम सिर्जना गर्ने उद्देश्यबाट प्रेरित देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।
प्रतिनिधिसभाको पुनः स्थापनाका लागि दायर रिट निवेदनमा आफुहरुले गरेको हस्ताक्षर नेपालको संविधान, लोकतन्त्र र संसदको रक्षा गर्नुपर्ने आवश्यकताको परिणाम भएको भन्दै नेपाल – खनाल समूहले यसलाई फिर्ता नलिने भनेको छ ।
‘प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको विघटनको निर्णय फिर्ता भएमा यस सम्बन्धी विवादको स्वतः निरुपण हुनेछ’, विज्ञप्तिमा उल्लेख गरिएकोछ ।

विज्ञप्तिमाको पुर्ण पाठ:

प्रकाशित मिति: सोमवार, जेष्ठ २४, २०७८