मुख्य समाचार समाचार हेडलाईन न्युज

नेपालमा थप ४ हजार ४ सय ७२ जनामा कोरोना: ९२ जनाको मृत्यू

सुनकोशी न्युज
२०७८ जेठ २४ गते सोमबार

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ७२ जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणबाट देशभर ३ हजार ३ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ५ हजार ९ सय १ एन्टिजेन परीक्षणमा १ हजार १ सय २ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी संक्रमितको संख्या ४ हजार ४ सय ७२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ९२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ९ सय ९० पुगेको छ।
यस्तै २४ घण्टामा ६ हजार ९ सय ५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख ९७ हजार ९ सय ६० पुगेको छ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ २४, २०७८