मुख्य समाचार समाचार हेडलाईन न्युज

जसपाबाट ठाकुरसहित चारजना नेता निष्कासित

सुनकोशी न्युज
२०७८ जेष्ठ १८ गते मंगलबार

काठमाडौं -जसपाको उपेन्द्र-बाबुराम पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई पार्टीबाट निष्कासन गरेको छ।
मंगलबार उपेन्द्र यादवको अध्यक्षतामा पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले चार नेतालाई कारबाही गरेको हो ।
निष्कासित हुनेमा ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेकाछन् ।
यसअघि दुवै पक्षले एक अर्कालाई निष्कासनको चेतावनीसहित स्पष्टीकरण सोधेका थिए ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १८, २०७८