मुख्य समाचार समाचार हेडलाईन न्युज

वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश सहमत

सुनकोशी न्युज
२०७८ जेष्ठ १८ गते मंगलबार

काठमाडौं -प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा एक साताभित्रमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका छन्।
सर्वोच्‍च अदालतमा भयको छलफलमा अबदेखि संवैधानिक इजलासमा वरिष्ठताका आधारमा न्यायाधीश छान्ने निर्णय भएको सर्वोच्‍च बारका अध्यक्ष पुर्णमान शाक्यले जानकारी दिए ।
मंगलबार भएको भेटमा राणाले त्यसका लागि आफूले सर्वोच्च अदालतको कार्यसञ्चालन नियमावली परिवर्तन गर्ने जानकारी दिएका हुन्।
सर्वोच्च बारका पदाधिकारीले मंगलबार बिहान प्रधानन्यायाधीश राणालाई भेटेर संवैधानिक इजलास विवादरहित ढंगले सञ्चालन गर्न सर्वोच्चमा भएका न्यायाधीशहरूमध्ये वरिष्ठताका आधार इजलास गठन गर्न सकिने सुझाबा दिएका थिए।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १८, २०७८