समाचार स्थानीय हेडलाईन न्युज

सरकारले संसद विघटन गरेर संविधानबिराेधी काम गरेको छ : बिपक्षी गठबन्धन

सुनकाेशी न्युज
२०७८ जेठ १७ गते साेमबार
फिक्कल । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधान बिराेधी काम गरेको फिक्कलका सरकार बिराेधि गठबन्धनको निष्कर्ष रहेको छ।

साेमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एमाले नेपाल खनाल समूहले एक सामुहिक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन्।

उनीहरूले विज्ञप्तिमा महामारीको समयमा जनतालाई राहत र उपचारमा लाग्नुपर्नेमा संसद भंग गरेर गैरजिम्मेवार बनेको जिकिर गरेको छ।

प्रधानमन्त्रीको निरङ्कुस, स्वेच्छाचारी, प्रतिगामी र असंवैधानिक कदमकाे घाेर भर्त्सना गर्दै लाेकतान्त्रिक उपलब्धिको रक्षाका लागि सबैलाई एकजुट हन आव्हान गरेका छन् ।

नेपाली कांग्रेस फिक्कलका सचिव घनश्याम पहाडी, माओवादी केन्द्रका अध्यक्ष लाेकेन्द्र कार्की र एमालेका गंगाप्रसाद पहाडीले संयुक्तरूपमा उक्त विज्ञप्ति जारी गरेका हुन्।

प्रकाशित मिति: सोमवार, जेष्ठ १७, २०७८