लुम्बिनी समाचार हेडलाईन न्युज

राष्ट्रियसभामा लुम्बिनीबाट सरकारबिराेधी गठबन्धन विजयी

सुनकाेशी न्युज
२०७८ जेठ १७ गते साेमबार
दाङ। लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको लागि भएको चुनावमा विपक्षी गठबन्धनको जीत भएको छ।

सत्ता निकटस्थहरुले माओवादी छाडी एमाले प्रवेश गरेर सूर्य चिन्हबाट चुनाव लडेका पुरानै उम्मेदवार चन्द्रबहादुर खड्काले जित्ने निश्चित रहेको बताएतापनि राष्ट्रियसभामा लुम्बिनीबाट विपक्षी गठबन्धनका दुर्गनारायण पाण्डेय भर्खरै बिजयी भएका छन् ।

उनले सर्वोच्च अदालतको आदेशानुसार पद जोगिएका जसपा सम्बध्द चार साँसदको समेत मतभार थपिदा पनि सत्तारुढ उम्मेदवारलाई ५२८ मतभारले हराएका हुन् ।

प्रदेश तर्फ उनलाई २०१६ र स्थानीयबाट २१२४ गरी ४१४० र खड्काको सूर्य चिन्हमा १९२०+१६९२ गरी कूल ३६१२ मत प्राप्त भएको छ ।

 

प्रकाशित मिति: सोमवार, जेष्ठ १७, २०७८