समाचार स्थानीय हेडलाईन न्युज

फिक्कल आइसाेलेशनमा काेराेनाबाट एकजनाको निधन

सुनकाेशी न्युज
२०७८ जेठ १७ गते साेमबार
फिक्कल, सिन्धुली । फिक्कलमा काेराेनाका कारण एकजनाकाे मृत्यु भएको छ।

फिक्कल गाउँपालिका वडा नम्बर ४ कि ७२ वर्षे महिलाको साेमबार विहान ३ बजे मृत्युु भएको गाउँ पालिका उपप्रमुख पार्वती सुनुवारले जानकारी दिनुभयो ।

तीन दिनअघि बृद्धामा काेराेना संक्रमण देखिएपछि फिक्कल गाउँ पालिकाले निर्माण गरेको आइसाेलेशनमा राखिएको थियोे । आइसाेलेशनमा राखेपछि उनलाई सुगर बढेको र ब्लड पेसर घटेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जानकारी दिए।

मृतकको शब अहिले बस्तीबाट अलि टाढा लगेर व्यवस्थापन गरिएको स्थानीयले जानकारी दिए।

फिक्कल गापाले केही समयअघि अक्सिजन सहितको १० बेडकाे आइसाेलेशन निर्माण गरेको थियोे ।

प्रकाशित मिति: सोमवार, जेष्ठ १७, २०७८