मुख्य समाचार समाचार

नेपाल निकट युवा नेताहरुले दर्ता गराए नेपाल कम्युनिस्ट पार्टी

सुनकोशी न्युज
२०७८ जेष्ठ ९ गते आईतबार

काठमाडौं – नेकपा एमालेका युवा नेता जीवन राईको नेतृत्वमा वैशाख ७ गते निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ताको लागि निवेदन पेस भयको छ ।
सत्तारुढ नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला आयोगमा नेकपा (एकिकृत) पार्टी दर्ताका लागि निवेदन परेको हो ।
निर्वाचन आयोग स्रोतका अनुसार नेकपा (एकीकृत)को उपाध्यक्षमा कल्पना गुरुङ,महासचिव विनोद खुला,सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेको पदाधिकारी पेश भएका छन् ।
माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी भइरहेका बेला नेपाल निकट युवा नेताहरुले दर्ता गराएको नेकपा एकीकृत नै माधव नेपालको पार्टी बन्न सक्ने अनुमान गरिएको छ ।
राईको नेतृत्वमा दल दर्ताको निवेदन दिए पनि प्रमाणपत्र पाउन बाँकी रहेको छ ।

प्रकाशित मिति: आइतवार, जेष्ठ ९, २०७८