समाचार हेडलाईन न्युज

ओलीकाे गुनासो : ‘मेरो घरभित्र छिरेर बढार्न ठिक्क पारेको फाेहाेर बिपक्षीले लगे’

सुनकाेशी न्युज
२०७८ जेठ ९ गते आइतबार
काठमाडौं । बिपक्षी दलका सांसदहरूलाई नन्दीभृङ्गी भन्दै कामचलाउ प्रधानमन्त्री  केेेपी ओलीले सांदसहरूको अपमान गरेका छन् । आज सरकारकाे प्रतिरक्षा गर्न गठित पत्रकारको समुहलाई बालुवाटार बाेलाएर यसरी तितो पाेखेका हुन्।

” विपक्षी सांसदहरू नन्दीभृङ्गी हुन्। मेरो घरभित्र छिरेर डस्टविनमा फाल्न ठिक्क पारेको फाेहाेर उठाएर लगे।” उनलेे भने ।
उनलेे  अगाडि थपे  ‘जसपाका कुडाकर्क लगे। सबै विपक्षी मिलेर छिर्केमिर्के भाले बनाएर मसँगै जुधाउन ल्याए। यी सांसदहरू भनेका  बजारमा बिक्री  हुने भेडाबाख्रा  हुन् । कुुुुुुुडाकर्कट हुुुुन् ।” भन्दै ओलीले “जनताले सार्वभौमसत्ता प्रयोग गर्दा मलाई जिताउने तरिकाले गर्नुपर्नेछ । नत्र त्यो सार्वभौमसत्ताको सदुपयोग हुदैन ।” भनेका छन् ।

बजेट अध्यादेशबाट ल्याउने बताउदै उनलेे आफूलाई सरकारबाट हटाउने षड्यन्त्र गरेका कारण संसद बिगठन गरिएको उनको कथन छ ।

महामारीको नियन्त्रणमा बजेट छैन, चुनाव कुन बजेटले गर्ने भन्नेहरू जनतालाई भावनात्मक ब्ल्याकमेल गरिरहेको उनको जिकिर छ।

अन्तरघातिहरुले आफूलाई वरिष्ठ नेता दाबी गर्नु अनैतिक भएको उनलेे बताए ।

प्रकाशित मिति: आइतवार, जेष्ठ ९, २०७८