मुख्य समाचार समाचार हेडलाईन न्युज

नेपालमा पछिल्लो २४ घण्टामा ८३०५ जना कोरोना संक्रमित : १९० मृत्यु

सुनकोशी न्युज
२०७८ जेठ ६ गते बिहीबार

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ८ हजार ३ सय ५ संक्रमित थपिएका छन् ।
२२ हजार ८७ वटा नमुनाको परीक्षण गरिएकोमा आठ हजार ३०५ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या ४ लाख ८८ हजार ६ सय ४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १९० संक्रमितको मृत्यु भएको छ  । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ५ हजार ८ सय ४७ पुगेको छ ।

यस्तै, नेपालमा आजसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख ६६ हजार ९ सय ४६ पुगेको छ ।

अहिले मुलुकभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८ सय ५२ रहेको छ । हाल क्वारेन्टिनमा ९ सय ३२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ६, २०७८