मुख्य समाचार समाचार हेडलाईन न्युज

नेपालमा थप ८ हजार १ सय ७३ जनामा कोरोना: २४६ जनाको मृत्यू

सुनकोशी न्युज

२०७८ जेठ ५ गते बुधवार

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १ सय ७३ जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार १ सय ३९ पीसीआर परीक्षणबाट देशभर ८ हजार ६४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ७ सय ८ एन्टिजेन परीक्षणमा १०९ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी संक्रमितको संख्या ८ हजार १ सय ७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ६ सय ५७ पुगेको छ।

यस्तै २४ घण्टामा ७ हजार ९ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ६० हजार ४ सय ३ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ३५८ पुगेको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ५, २०७८