समाचार स्थानीय हेडलाईन न्युज

फिक्कलमा अक्सिजन सहितको आइसाेलेशन संचालनमा

सुनकोशी न्युज
२०७८ जेष्ठ ५ गते बुधबार
सिन्धुली । सिधुलीको फिक्कल गाउँपालिकामा अक्सिजनसहितको आईसोलेसन अस्थायी अस्पताल सुरु गरिएको छ ।

अक्सिजन सहितका १० बेडकाे अाईसाेलेशन सेवा स्थापना गरिएको गाउपालिका प्रमुख  प्रशाकीय अधिकृत   राजु प्रसाद न्याैपानेले सुनकाेशी न्युजलाई जानकारी दिनुभयो ।

बागमती प्रदेश सरकारको अनुदानमा दुईवटा  विद्यालयमा कार्यरत दुई जना नर्सहरूलाई गाउँपालिकाले अहिले अाईसाेलेशनमा खटाएको छ। आवस्यकता अनुसार पालिकामा कार्यरत अहेव, अनमी र अन्य जनशक्ति  परिचालन गरिने न्याैपानेले बताउनुभयो ।

आईसाेलेशन बुधबारदेखि पूर्ण संचालनमा आउने छ। हालसम्म ४५ जनाको पिसिआर परिक्षण गरिएकोमा १३ जनाको पाेजेटिभ आएकाे छ । जसमध्ये ४ जनालाई निकाे भईसकेकाे छ भने अरु हाेमआईसाेलेशनमा रहेका छन् । सबैको अवस्था सामान्य रहेको छ। पालिकाले थप ७२ जनाको स्वाव परिक्षणका लागि प्रदेश प्रयोगशाला हेटौंडामा पठाएको छ जसको रिजल्ट अाएकाे छैन । कसैलाई आवश्यक परे तुरुन्तै उक्त अाइसाेलेशनमा उपचार हुने न्याैपानेले बताउनुभयो ।

घरमै रहेका संक्रमितलाई पनि पालिकाले हेरचाह गरिरहेको उहाँले बताउनुभयो ।

सरकारले ताेकेकाे मापदण्डअनुसार नै सकेसम्म आइसाेलेशन बनाउने काेसिस गरिएको उपप्रमुख पार्वती सुनुवारले जानकारी दिनुभयो ।

सदरमुकाम सिन्धुलीमाडीबाहिर फिक्कलले गाउँपालिकामा आफ्नै प्रयासमा अक्सिजन र नर्सिङ सेवा सहितको आइसोलेसन बेड सञ्चालनमा ल्याएको गाउँपालिका उपाध्यक्ष सुनुवारले बताउनु भयो ।

काठमाडौंको एक पाईला कम्युनिटि हेल्थ नामक संस्थाले भिटामिन सि, जिंक चक्की लगायतका ९ थरीका ५० प्याकेट अाैषधि उपलब्ध गराएको उहाँले बताउनुभयो ।

काेराेना महामारीको दाेस्राे कहर सुरु भएपछि सरकारले देशैभरि सजकता अपनाएको छ । फिक्कल गाउँ पालिकाले पनि वैशाख २४ गतेदेखि जेठ ७ गते १२ बजे रातिसम्म निशेधाज्ञा जारी गरेको छ। विहान ७ बजेदेखि १० बजेसम्म अत्यावश्यक र खाद्यान्न सामाग्री किन्न छुट दिइएको प्रमुख प्रशासकीय अधिकृत न्याैपानेले जानकारी दिनुभयो । सीमित कर्मचारी राखेर  अस्पताल लगायत अत्यावश्यक सेवा खुला राखिएको छ। अन्य सबै सेवा, कार्यालय, पसल र व्यवसाय ठप्प छन् । बिहीबार गाउपालिकाकाे ccmc काे बैठक बसी अरु एकहप्ता निशेधाज्ञा जारी गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

दोस्रो लहरको कोरोना संक्रमित बिरामी बढेसँगै पालिकाले फिक्कल गाउँपालिकाको वडा नम्बर ४ खाङसाङमा रहेको सुनकोशी माध्यमिक विद्यालयमा अक्सिजनसहितको १० वटा आईसोलेसन बेड तयार गरेको हो ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ५, २०७८