बागमती शिक्षा/स्वास्थ्य समाचार स्थानीय

फिक्कल गाउँपालिकामा अक्सिजनसहितको आईसोलेसन सञ्चालनमा

सुनकोशी न्युज
२०७८ जेष्ठ ४ गते मंगलबार

सिन्धुली – सिधुलीको फिक्कल गाउँपालिकामा पहिलोपटक अक्सिजनसहितको आईसोलेसन मंगलबारबाट सञ्चालनमा आएको छ।
सदरमुकाम सिन्धुलीमाडी बाहिर फिक्कलले गाउँपालिकामा आफ्नै प्रयासमा अक्सिजन र नर्सिङ सेवा सहितको आइसोलेसन बेड सञ्चालनमा ल्याएको गाउँपालिका उपाध्यक्ष पार्बती सुनुवारले बताउनु भयो ।
दोस्रो लहरको कोरोना संक्रमित बिरामी बढेसँगै पालिकाले फिक्कल गाउँपालिकाको वडा नम्बर ४ खाङसाङमा रहेको सुनकोशी माध्यमिक विद्यालयमा अक्सिजनसहितको १० वटा आईसोलेसन बेड तयार गरेको हो ।
गाउँपालिका जनताको साथमा रहेको र प्राथमिक उपचारको व्यवस्था गाउँमै मिलाइएको हुनाले गाउँबासीलाई नअतालियी उच्च मनोबलका साथ बस्न उपाध्यक्ष सुनुवाले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ ४, २०७८

 

 

ताजा अपडेट