समाचार हेडलाईन न्युज

गृहमन्त्री सहित गयो सात जना मन्त्रीको पद

सुनकोशी न्युज
२०७८ जेष्ठ ६ गते बिहीबार

काठमाडौं – सर्वोच्च अदालतले सात जना मन्त्रीको पद खारेज गर्न अन्तरिम आदेश दिएको छ ।
गैर सांसद मन्त्रीहरूले पुन नियुक्ति पाउनु संविधान र कानुन विपरीत भन्दै सर्वोच्चले पद खारेज गरिदिएको हो ।
बिहीबार प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित गैर सांसद सात मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गर्दै अन्तरिम आदेश दिएको हो।
पद खारेज हुनेहरुमा रामबहादुर थापा,लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणिचन्द्र थापा, दावा लामा तामाङ, टोपबहादुर रायमाझी रहेका छन्।
संविधानको धारा ७८ अनुसार एक गैर सांसद एक पटक ६ महिनासम्म मन्त्री हुन सक्ने भन्दै मन्त्री नियुक्त भएका सात जनाको पुनःनियुक्तिलाई सर्वोच्च अदालतले बदर गरेको हो।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ६, २०७८