बागमती समाचार हेडलाईन न्युज

डा. खिमलाल देवकोटालाई भाेट हाल्न माओवादी केन्द्र बागमती प्रदेशको आव्हान

सुनकाेशी न्युज
२०७८ ज्येष्ठ ३ गते साेमबार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेश कमिटी र बागमती प्रदेश संसदीय दलले राष्ट्रिय सभाकाे सदस्यकाे लागि हुने चुनावमा गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटालाई निर्वाचित गर्न आव्हान गरेको छ।

अाज पार्टीका बागमती प्रदेश सहइनचार्ज हितमान शाक्य, अध्यक्ष नारायण दाहाल र संसदीय दलका नेता शालिकराम जमर्कट्टेलले संयुक्तरूपमा एक विज्ञप्ति जारी गर्दै सबै मतदातालाई अाव्हान गरेका हन्।

माअाेवादी केन्द्रबाट राष्ट्रिय सभामा निर्वाचित राम बहादुर थापा एमालेमा प्रवेश गरेपछि उनलाई पार्टीले राष्ट्रिय सभा सदस्य पदबाट बरखास्त गरेको थियो । रिक्त पदमा निर्वाचन अायाेगले यही जेठ ६ गते उपनिर्वाचन गर्दैछ ।

एमालेमा प्रवेश गरेर पद गुकाएका थापालाई नै एमालेले उपचुनावमा उम्मेदवार बनाएको छ। यता माअाेवादी केन्द्र, कांग्रेस र जसपाकाे संयुक्त गठबन्धनको उम्मेदवार एमालेका नेता तथा बागमती प्रदेश योजना अायाेगका पूर्व उपाध्यक्ष डा. खिमलाल देवकाेटालाई साझा उम्मेदवार बनाएको छ।

देवकोटा उम्मेदवार बनाईदा माधव नेपाल गुटकाे समेत सहमति र नेपालकै सिफारिसमा बनाईएकाे थियोे । त्यसबेला एमालेमा माधवकुमार नेपाल र अध्यक्ष केपी अाेलीबीच झगडा चलिरहेको थियो । यी दुई पक्ष ज्यानीदुश्मन जस्तै थिए । त्यसैले यी दुईपक्षले उम्मेदवार पनि फरकफरक खडा गरे।

तर अहिले नेपाल पक्षले अाेलीसँग सुलह गरिसकेको छ। अाेलीले भनेको भन्दा फरक गर्ने अवस्थामा नेपाल छैनन् । यस्तोमा देवकाेटाकाे उम्मेदवारी धरापमा परेको छ। माधवकुमार नेपाल पक्षले थापालाई नै अाफ्नाे उम्मेदवार भएको बताईसकेकाे छ। स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले अाफूहरुकाे उम्मेदवार थापा भएको बताएका छन् ।

उता कलम चुजाव चिन्ह लिएर मैदानमा उतारिएका उम्मेदवार देवकोटाले चुनावमा डटेर सामना गर्ने र जित्ने विश्वास लिएका छन् । उनलाई अहिलेसम्म माअाेवादी केन्द्र, कांग्रेस र जसपाकाे सहमति रहेको छ।

यस्तैमा बागमती प्रदेश कमिटी र संसदीय दलको तर्फबाट देवकोटालाई भाेट हाल्न माअाेवादी केन्द्रले अाफ्ना प्रदेश सांसदहरू, मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षलाई अाव्हान गरेको हाे।

प्रकाशित मिति: सोमवार, जेष्ठ ३, २०७८