शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

पछिल्लो २४ घण्टामा २२०८७ परीक्षणमा ९२४७ जनामा कोरोना संक्रमण पुष्टि, ५७६७ निको

सुनकोशी न्युज
२०७८ ज्येष्ठ ३ गते सोमबार
काठमाण्डौं । पछिल्लो २४ घण्टामा २२ हजार ८७ नमुना परीक्षणमा ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५ हजार ७६७ जना संक्रमणमुक्त भएका छन् ।

पीसीआर विधिबाट २१ हजार ६३५ र एन्टिजेन विधिबाट ४३४ जनाको परीक्षण गर्दा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ जानकारी दिएको छ ।

यस्तै २४ घण्टामा थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ भने देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको

प्रकाशित मिति: सोमवार, जेष्ठ ३, २०७८