शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

मृत्युदर ह्वात्तै बढ्यो, मंगलबार मात्रै २२५ को मृत्यु, ९४८३ जनामा संक्रमण पुष्टि

सुनकोशी न्युज
२०७८ वैशाख २८ गते मंगलबार
काठमाण्डौं । कोरोना भाइरसका कारण पछिल्लो समय मृत्युदर ह्वात्तै बढेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २२५ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४ हजार ८४ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ९७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ९७ हजार ८ जना जना पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाले कोरोना जितेका छन् । यससँग देशभर कोरोना निको हुनेको कुल संख्या ३ लाख १२ हजार १९ पुगेको छ । यस्तै संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ । नेपालमा संक्रमण निको हुने दर ७५।५ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो भने १३९ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७२० जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो।

प्रकाशित मिति: मङ्लबार, बैशाख २८, २०७८